सुनको मूल्यमा नयाँ रेकर्ड

हिमाल प्रेस २२ चैत २०७९ ११:१६
10
SHARES
सुनको मूल्यमा नयाँ रेकर्ड फाइल तस्बिर

काठमाडौँ- सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ११ हजार रूपैयाँमा कारोबार भएको हो।

अघिल्लो दिनको तुलनामा एकैदिन दुई हजार रूपैयाँले सुनको मूल्य बढेको हो। यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजारको रेकर्ड थियो।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २२ चैत २०७९ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =