संघीय शिक्षा ऐन संसद्‌मा पेस गर्न सभामुखको आग्रह

हिमाल प्रेस २१ चैत २०७९ १८:३४
560
SHARES
संघीय शिक्षा ऐन संसद्‌मा पेस गर्न सभामुखको आग्रह

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन छिटो संसद्‌मा पेस गर्न नेपाल सरकार र राजजीतिक दलका नेतृत्वलाई आग्रह गरेका छन्। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको प्रथम राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए संघीय शिक्षा ऐन नहुँदा सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताए।

सभामुख घिमिरेले संसद्‌मा सो विधेयक आएपछि त्यसलाई अघि बढाउने सवालमा आफ्नोतर्फबाट भूमिका निर्वाह हुने स्पष्ट पारे। ‘शिक्षामा भएका कानुन कार्यान्वयन गर्नुपर्छ। ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौंँ भनेर छलफल गर्नुपर्छ। संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ’, उनले भने, ‘आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन।’

आर्थिक, सामाजिक र सांस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताए।

‘हामी सुधार गर्दछौँ, हाम्रो विद्यालय’ नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने महासंघका अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

सम्मेलनमा विभिन्न पार्टीका नेता एवं पूर्व शिक्षामन्त्रीले सामुदायिक विद्यालय सुधार्नुको विकल्प नभएकोमा जोड दिएका छन्। सम्मेलनमा देशभरका सात सय ५३ वटै स्थानीय तहबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको छ।

प्रकाशित: २१ चैत २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 4 =