संघीय शिक्षा ऐन संसद्‍मा पेस गर्ने सरकारकाे निर्णय

हिमाल प्रेस १६ साउन २०८० २०:०४
22
SHARES
संघीय शिक्षा ऐन संसद्‍मा पेस गर्ने सरकारकाे निर्णय

काठमाडाैँ- सरकारले संघीय शिक्षा ऐन संसद्‍मा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसद्‍मा पेस गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेकाे हाे।

संघीय प्रणालीअनुसार नै शिक्षा क्षेत्रलाई अगाडि बढाउने योजनाअनुसार सो विधेयक ल्याइएको सरकारको भनाइ छ। मन्त्रिपरिषद्को बैठकपछि सचारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमा समितिकाे आवश्यक छलफलपश्चात् अगाडि बढाउने निर्णय गरिएको जानकारी दिइन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा नै मंगलबार सो विधेयकबारे मन्त्रिरिषद्ले आवश्यक निर्णय गर्ने बताएका थिए। यस्तै, दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारको पुनःरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरिएकाे मन्त्री शर्माले जानकारी दिइन्।

लम्पी स्किन महामारीबाट प्रभावित किसानलाई राहत दिने विषयमा पनि बैठकमा विचारविमर्श भएको र आवश्यक प्रस्ताव तयार पारेर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ

सोमबारमात्रै प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री डा वेदुराम भुसालसहित सरोकारवालाको छलफलमा महामारी प्रभावित किसानलाई राहत दिने बताएका थिए। सोही छलफलका आधारमा लम्पी स्किन महामारीबाट पशु चौपाया मरेका किसानलाई राहत दिन लागिएको हो।

यसैगरी सो रोग लागेका पशु चौपायालाई निःशुल्क खोप उपलब्ध गराउन आवश्यक प्रक्रियासमेत सुरु गरिने भएको छ। ठोस प्रस्ताव बनाएर अर्को बैठकमा पेस गर्न बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको सरकारका प्रवक्तासमेत रहेकी ‍मन्त्री शर्माले जानकारी दिइन्।

त्यस्तै, पशु चौपायाको बीमालगायत विषयमा पनि महत्त्वपूर्ण छलफल भएको उनले बताइन्। बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली २०८० स्वीकृत गरेको छ।

प्रकाशित: १६ साउन २०८० २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =