डिशहोम रिचार्जमा पाँच जनाले जिते एकएक लाख रुपैयाँ

हिमाल प्रेस २१ चैत २०७९ १५:२६
16
SHARES
डिशहोम रिचार्जमा पाँच जनाले जिते एकएक लाख रुपैयाँ

काठमाडौँ- एक वर्षका लागि डिशहोम रिचार्ज गर्दा पाँच जनाले जनही एक लाख रुपैयाँ जितेका छन्। डिशहोममा एक वर्षको रिचार्ज गर्दा देबका आचार्य, रत्नकला बुढाथोकि, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईले जितिन नगद एक एक लाख रुपैयाँ जितेका हुन्।

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने कम्पनीको अफरमा सहभागी भएका उनीहरूले उक्त रकम जितेका कम्पनीले जानकारी दिएको छ। ग्राहकले नजिकैको डिलर दाईकोबाट फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गरी उक्त योजनामा सहभागी हुन सक्नेछन्।

साथै अफरअन्तर्गत रिचार्ज गर्नेहरूमध्ये हरेक साता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद एक लाख रुवैयाँ जित्ने अवसर पाउँछन्। सोहीअनुसार पुरस्कार घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ।

उक्त नगद पुरस्कार डिश मिडियाका प्रधिनिधिहरू बिपिन्द्र न्यौपाने, विजय पन्थीलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो। वार्षिक रिचार्ज गरी उक्त योजनामा सहभागी हुन कम्पनीले आफ्ना ग्राहकलाई आग्रह गरेको छ।

प्रकाशित: २१ चैत २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =