चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमाल प्रेस २१ चैत २०७९ १३:०६
6
SHARES
चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

चितवन- बसको ठक्करबाट मंगलबार चितवनमा एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका-१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन्।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: २१ चैत २०७९ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =