उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

हिमाल प्रेस २१ चैत २०७९ ७:४९
10
SHARES
उपनिर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी भए आज दर्ता गर्न सकिने भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने उपनिर्वाचन हुँदैछ।

निर्वाचन कार्यतालिका अनुसार ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको पनि आयोगले जनाएको छ। त्यसपछिमात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिइनेछ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो।

प्रकाशित: २१ चैत २०७९ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =