पूर्वराजा ज्ञानेन्द्र शाहले भने : टालटुले प्रणालीले कुनै परिणाम दिँदैन

हिमाल प्रेस २० चैत २०७९ १९:०९
50
SHARES
पूर्वराजा ज्ञानेन्द्र शाहले भने : टालटुले प्रणालीले कुनै परिणाम दिँदैन फाइल तस्बिर।

इटहरी- पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ। राजावादी समूहले उनलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो। अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उनले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताए।

देशमा देखिएको समस्यालाई आँफूले नजिकबाट नियालिरहेको बताउँदै उनले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गरे।

यस्तो छ उनले गरेको सम्बोधनको पूर्णपाठ

उपस्थित दिदीबहिनी तथा दाजुभाइ,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेलाभएर तपाईहरूले राष्ट्रको हित चिन्त नगर्दै र आजका जनआकांक्षा तथा आवश्यकताहरूलाई औलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु।

सदासर्वदा स्वधीन रहेको र आफ्नै मौलिखमान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको हाम्रो नेपाल हामीलाई सधै राम्रो लाग्छ, हामीलाई सधै प्यारो लाग्छ। राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ। तपाईंहरूले दर्शाउनु भएको यस्तो देशभक्तिहामीले हृदय देखि सम्मानगर्दछौँ। आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरूबाट जसप्रकारको चिन्ताचासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्तिएवं अनुशासनबिना हुन सक्दैन। कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कददिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ। परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षागर्नुछ, निश्चय पनिहामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रताजोगाउनु छ र निश्चय पनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ।

राष्ट्रनै हाम्रो आफ्नो ब्रम्हहो।आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंमधर्म हो। त्यसैले व्यक्ति, परिवार,समूह, दलवा गुट उपगुटमा अल्झीएर होइन अ बहामीले हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाहगर्न सक्नु पर्दछ। तपाईहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुँदै जावोस।

धन्यवाद। जय नेपाल।
सुनसरी, इनरुवा, चैत्र २०, २०७९ 

प्रकाशित: २० चैत २०७९ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =