चेम्बर पदाधिकारी र उपराष्ट्रपति यादवबीच छलफल

हिमाल प्रेस २० चैत २०७९ १६:५०
4
SHARES
चेम्बर पदाधिकारी र उपराष्ट्रपति यादवबीच छलफल

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच सोमबार भेटवार्ता भएको छ। लैन्चौरस्थित उपराष्ट्रपति निवासमा भएको भेटमा अर्थतन्त्रसम्बन्धी छलफल गरिएको चेम्बरले जानकारी दिएको छ।

सो क्रममा उपराष्ट्रपति यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताए। तरलता अभाव, उच्च ब्याजदर, पूँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारीलगायतका समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए। ‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दिर्घकालीन सामाधान खोज्न जरुरी छ,’ उनले भने, ‘सरकार र निजीक्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक छ।’

यसअघि चेम्बर अफ कमर्सका पदाधिकारीले राष्ट्रपति यादवलाई बधाई तथा कार्यकालको शुभकामना दिए। सोही क्रममा अर्थतन्त्र सुधारसम्बन्धी सुझाव पनि दिएका थिए।
चेम्बरले दिएको सुझावलाई आफूले सरकारी निकायहरूमा ध्यानाकर्षण गराउने पनि उपराष्ट्रपति यादवले बताए।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे। ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन,’ अध्यक्ष मल्लले भने, ‘पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधरण ऋणीहरूमा गम्भीर असर परेको छ।’

पूँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लको भनाइ थियो। सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।

प्रकाशित: २० चैत २०७९ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =