ग्यास बोकेको ट्यांकर चितवनमा दुर्घटना, एक जनाको मृत्यु

हिमाल प्रेस २० चैत २०७९ ८:४७
6
SHARES
ग्यास बोकेको ट्यांकर चितवनमा दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ- ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा चितवनमा सोमबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ। खाना पकाउने एलपी ग्यास बोकेर काठमाडौँ आउँदै गरेको यूपी ७० डीटी ६०५५ नम्बरको भारतीय गाडी पृथ्वीराजमार्गस्थित इच्छाकामना-४, लेवटार भन्ने ठाउँमा पल्टिएको हो।

मृत्यु हुने व्यक्तिको पहिचान भएको छैन। दुर्घटनामा घाइते भएका चालक भारत बरौजीका अन्दाजी २८ वर्षीय रामबतन तानीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले ट्यांकर घटनास्थलमै छ, बाटो भने अवरोध छैन। अनियन्त्रित भएर ट्यांकर दुर्घटना भएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २० चैत २०७९ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =