रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट (पूर्णपाठसहित)

हिमाल प्रेस १९ चैत २०७९ १५:०४
124
SHARES
रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट (पूर्णपाठसहित) फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। यसअघि नागरिकताको विषयमा प्रश्न उठाउँदै मुद्दा गरेका सिन्धुलका युवराज पौडेल ‘सफल’ले नै राहदानीको विषयमा पनि प्रश्न उठाउँदै रिट दायर गरेका हुन्।

सर्वोच्च अदालत प्रशासनले रिट निवेदन आइपुगेको र अध्ययनकै क्रममा रहेको जानकारी दिएको छ। पौडेलले दायर गरेको रिटमा रिटमा उत्प्रेषण, परमादेशलगायत जे–जो चाहिने उपयुक्त हुन्छ सोही आदेश जारी होस् भन्ने माग गरेका छन्।

लामिछानेविरुद्धको यसअघि परेको रिटमा प्रहरी र सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन पर्ने नदेखिएको बताएका थिए। पौडेलले दायर गरेको रिटमा मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयलाई पनि विपक्षी बनाइएको छ।

यस्तो छ रिट निवेदन

प्रकाशित: १९ चैत २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =