शिक्षा श्रमबाट विमुख भएको छ : कर्णाली मुख्यमन्त्री

हिमाल प्रेस १९ चैत २०७९ ६:३०
6
SHARES
शिक्षा श्रमबाट विमुख भएको छ : कर्णाली मुख्यमन्त्री

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन्।

गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन विमोचन कार्यक्रममा उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग भएको बताए। पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनले जिकिर गरे।

‘हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन। यसबाट व्यक्तिको चरित्र निर्माण भएन। यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन,’ उनले भने, ‘तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ।’ शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १९ चैत २०७९ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =