रंगशालामा उभिएर बालेनको प्रश्‍न- खेलाडीहरू खेल्दा-खेल्दै विदेश नगए कुन देश को जान्छ?

हिमाल प्रेस १७ चैत २०७९ २०:०८ | Friday, March 31, 2023
रंगशालामा उभिएर बालेनको प्रश्‍न- खेलाडीहरू खेल्दा-खेल्दै विदेश नगए कुन देश को जान्छ?

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली खेलाडीको विकासमा सरकारले उल्लेख्य काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

दशरथ रंगशालामा शुक्रबार भएको प्रधानमन्त्री कप त्रिदेशीय कपको उपाधि नेपाली टिमले जितेपछि शुक्रबार बधाई दिन पुगेका बालेनले सामाजिक सञ्जालमार्फत यस्तो असन्तुष्टि जनाएका हुन्।

‘बधाई छ टिम नेपाल तर भोट माग्दा युवाले देश बनाउन सक्छ भन्ने युवालाई मौका दिनु पर्छ भन्ने , खेलकुदले देशलाई चिनाउछ भन्ने हरेक खेलकुद प्रतियोगितामा दौडेर उदघाटन र मेडल बाड्न जाने , कुनै खेल जित्ना साथ नेताहरू बधाई दिन हानाथाप गर्ने, आज नयाँ सरकार बनेको छ,कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक छैन बजेट सबै भन्दा थोरै भएर हो कि?,’ उनले प्रश्न गरेका छन्।

नेपालका उत्कृष्ट खेलाडीहरूले समेत स्वदेशमा भविष्य नदेखेर विदेश जानु दु:खद भएको उनले जनाएका छन्।

‘अनि खेलाडीले नेपालमा भविष्य कसरी देख्छ जुन देशमा विगत ५ महिनादेखि खेलकुदमन्त्री पाएको छैन। अनि यस्तो देशमा खेलाडीहरू खेल्दा खेल्दै विदेश नगए कुन देश को जान्छ?,’ बालेनले सरकारलाई प्रश्न गरेका छन्।

प्रकाशित: १७ चैत २०७९ २०:०८ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast