जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

हिमाल प्रेस १६ चैत २०७९ ११:११
4
SHARES
जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ- ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका ६ घर भई पाल्पा तानसेन नगरपालिका ६ स्थित खानेपानि ट्यांकी निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका २ घर भएका १८ वर्षीय किशोर रहेका छन्।

उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
बुधबार दिउँसो पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १६ चैत २०७९ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =