पञ्‍जाबमा पृथकतावादी अभियान चलाइरहेका सिंह नेपालमा रहेको भारतीय दाबी

भारतीय दूतावासले परराष्ट्रलाई गर्‍यो पत्राचार, अन्यौलमा सरकारी निकाय

हिमाल प्रेस १३ चैत २०७९ २१:४९
100
SHARES
पञ्‍जाबमा पृथकतावादी अभियान चलाइरहेका सिंह नेपालमा रहेको भारतीय दाबी

काठमाडौँ– खालिस्तानी राज्यको माग गर्दै आएका पृथकतावादी नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको दाबी भारतीय दूतावासले गरेकाे छ। भारतीय प्रहरीले खोजी गरिरहेकाे सिंह पछिल्लो समय पञ्‍जाबबाट भागेर नेपाल आएको र यहाँबाट मंगलबार थाइल्यान्ड जान लागेको सूचना भारतीय दूतावासले नेपाल सरकारलाई दिएको हाे।

भारतीय शिखका लागि पञ्‍जाबलाई भिन्दै देश बनाउने भन्दै पृथकतावादी खालिस्तानी अभियान चलाइरहेका व्यक्ति हुन्, सिंह। पछिल्लाे समय उनकाे अभियानले हिंसात्मक रुप लिने देखिएपछि भारतीय सुरक्षा निकाय उनकाे खोजी सुरु गरेकाे हाे। उनलाई भारतमा पक्राउ गर्ने प्रयास असफल भएकाे थियाे। त्यसपछि उनी विभिन्न स्थानमा लुक्दै पञ्‍जाबबाट नेपाल आएको दाबी गरिएकाे छ।

आफ्ना नागरिक अर्को मुलुकमा पुगेपछि उसलाई लिने प्रक्रिया हुन्छ। त्यो प्रक्रियाअन्तर्गत भारतीय दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा पत्र नै पठाएर पक्राउ गर्न भनेको छ। अनि नेपालबाट अर्को मुलुक प्रवेशको अनुमति पनि नदिन भनिएको छ।

नेपालमा रहेका सिंह अन्यत्र भाग्न खोजेमा पक्राउसमेत गर्न आग्रह गरेको छ। भारतीय यस्ता पृथकतावादी नेता मात्र होइन क्रिमिनलहरू नै नेपाल आएर बसेको र नेपाल प्रहरीले समाचेर चुपचाप फिर्ता गर्ने गरेको छ। तर कहिलेकाही फिर्ता नपठाएर नेपालमा नै कुनै न्यायधिशको ट्राइब्युनल गठन गरेर निर्णय लिएको पनि उदाहरण छन्।

ब्रिटिस कम्पनीको खोजी सूचीमा परेपछि जयप्रकाशनाराण नेपाल आएका थिए। उनी फर्केको कथा भन्दा पनि पञ्‍जावका तत्कालीन मुख्य मन्त्री प्रतापसिंह कैरुनको हत्या गरेका तीन मध्ये एक सुचा बसी नेपाल लुक्न आएका थिए। त्यो समयमा पनि भारतले यसैगरी नेपालमा खोजि गरिदिन भनेको थियो।

भारतले भनेको केही घण्टामा नै त्यो व्यक्ति पक्राउ पर्‍यो तर भारतमा लैजान नेपालले दिएन। त्यो व्यक्तिले त्यहाँ मर्डन नै गरेको हो भन्ने प्रमाणीत गर्न राजा महेन्द्रले ट्राइवल कोर्ट नै बनाएका थिए। तत्कालीन न्यायधीश जनकमान सिंहको नेतृत्वमा बनेको पढ्न पाइन्छ।

त्यो कोर्टले दोषी ठहर गरेपछि नेपालले बसीलाई फिर्ता दियो र पछि त्यहाँ उनलाई मृत्यु दण्ड भयो। नेपालको प्रशासन बलियो हुँदा यस्तो निर्णय लिने गरेको थियो भने पछिल्लो समय नेपालले भारतीयलाई यही आउन दिएर वा आफ्नो प्रहरीले समातेर विना डकुमेन्ट बुझाउने गरेको पनि छ।

अमृतपाल सिंह कुनै नक्कली राहादानीमा जान सक्ने भन्दै त्यसमा सचेत रहन नेपाल सरकारलाई आग्रह गर्दै अध्यागमन विभागलाई भन्न भनिएको छ। सबै जसो विमान कम्पनी वा निकायलाई उनको हुलिया र जानकारी दिने काम भएको छ।

पञ्‍जाब प्रहरीका साथै भारतीय केन्द्रीय जाँच एजेन्सीहरूले यतिबेला नेपालसँगको सीमामा पनि अलर्ट जारी गरेको पनि भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ।

भारतीय अनलाइन मिन्टका अनुसार अन्तिम पटक चार दिन अघि अमृतपाल सिंह उत्तर प्रदेशको लखिमपुर खिरीमा देखिएका हुन्। त्यसपछि भारतीय सशस्त्र सीमा बलले रुपैडिया सीमामा जाँच एजेन्सीहरू खटाएको थियो। आफ्नो तर्फ खटाइनुको साथै नेपाल तर्फको पक्षलाई पनि उनको विवरण उपलब्ध गराइसकेको थियो।

सिंह नेपाल हुँदै थाइल्यान्ड जान लागेको भनि भारतीय सञ्चारमाध्यमले लेखेको छ। नेपालमा प्रजातन्त्रको आन्दोलन चल्ने समय ताका अर्थात ४५/४६ साल तिर पञ्‍जावमा खालिस्तान पृथकतावादी आन्दोलन चरम थियो।

भारतीय सुरक्षा निकायले त्यो आन्दोलनलाई मथथर गरेको थियो। त्यसपछि अहिले युवा अमृतपालल पुन भारतभित्र खालिस्तानी पृथकतावादी अभियान जगाउन खोजेका हुन्।

विभिन्न मुलुकले त्यो समयमा जसरी साथ दिएको थियो अहिले त्यो के छ स्पष्ट हुन सकेको छैन। तर अहिले पनि बेलायतमा यसै साता बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरूले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएको समाचार बाहिर आएका थिए।

यसबाट पनि स्पष्ट हुन्छ कि शिखहरू विश्वभर रहेका छन् र उनीहरूले विश्वभरबाट यो पृथकतावादी मुभलाई अघि बढाउन सक्छन्। यसकारण पनि भारतले यो मामिलालाई चलाखीपूर्ण ढंगले विश्राम लगाउन सक्नुपर्छ।

प्रकाशित: १३ चैत २०७९ २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =