भारतीय दूतावासले सुदूरपश्चिममा गर्‍यो ३ शैक्षिक परियोजना उद्घाटन

हिमाल प्रेस ३ असोज २०८० १८:२६
2
SHARE
भारतीय दूतावासले सुदूरपश्चिममा गर्‍यो ३ शैक्षिक परियोजना उद्घाटन

काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले सुदूरपश्चिममा शैक्षिक परियोजना सार्वजनिक गरेको छ। राजदूत नवीन श्रीवास्ताले गत आइतबार र सोमबार कैलाली र कञ्चनपुरमा ३ शैक्षिक परियोजनाको उद्घाटन गरेका हुन्।

भारत सरकारको ९ करोड ८ लाख रुपैयाँ सहयोग लागतमा निर्माण गरिएका एउटा क्याम्पसको भवन र दुइटा विद्यालय भवन गरी ३ वटा सामुदायिक विकास परियोजना उद्घाटन गरिएका दूतावासले जानकारी दिएको छ।

कैलालीमा रहेको टिकापुर बहुमुखी क्याम्पस, कञ्चनपुरको बेलौरीमा रहेको पशुपति शिक्षा मन्दिर र भिमदत्त नगरपालिकामा रहेको सिद्धनाथ माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको हो।

तीनै शैक्षिक संस्थाको लागत क्रमशः ३ करोड ५२ लाख, २ करोड ६४ लाख रुपैयाँ र २ करोड ९२ लाख रुपैयाँ रहेको छ।

प्रकाशित: ३ असोज २०८० १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =