छातीभन्दा तल लगाइने कपडामा राष्ट्रिय झन्डाको चित्र राख्न नपाइने [विधेयकको पूर्णपाठ]

हिमाल प्रेस १३ चैत २०७९ ११:३३
6
SHARES
छातीभन्दा तल लगाइने कपडामा राष्ट्रिय झन्डाको चित्र राख्न नपाइने [विधेयकको पूर्णपाठ] तस्बिरः रासस

काठमाडौँ-  राष्ट्रियसभामा आइतबार राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ पेस भएको छ।  विधेयकमा राष्ट्रिय झन्डासम्बन्धी विभिन्न नयाँ प्रावधान ल्याइएको छ।

शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक/चित्र राख्न नपाइने व्यवस्था गरिएको छ। यदि यो विधेयक पारित भएर कानुन बनेमा राष्ट्रिय झन्डा फहराउने सम्पूर्ण निकाय तथा नागरिकहरूले समेत सरकारले शोक घोषणा गरेको दिन राष्ट्रिय झन्डा अनिवार्य झुकाउनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय झन्डा दुरुपयोग गरे नगद जरिबानामा समेत परिनेछ। दुरुपयोग गर्नेलाई पहिले सम्झाउने नभएमा नगद जरिबाना १० हजार रुपैयाँसम्म गरिने व्यवस्था राखिएको छ।

यस्तै विधेयकमा मर्यादाक्रमसम्बन्धी केही नयाँ प्रावधान आएका छन्। पहिलेजस्तै पहिलो वरीयतामा राष्ट्रपति दोस्रोमा उपराष्ट्रपति रहने व्यवस्था छ। विधेयकमा जनप्रतिनिधिलाई पनि प्राथमिकतामा राखेको देखिन्छ। नगर कार्यपालिका सदस्यभन्दा प्रमुख प्रशासकीय अधिकृतको मर्यादाक्रम तल पारिएको छ।

राष्ट्रियसभाको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

गैरसरकारी विधेकयकका रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रियसभाको अर्को बैठक यही चैत १६ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =