मिटरब्याजी पीडितले आजबाट धर्ना दिने

हिमाल प्रेस १३ चैत २०७९ ८:०१
6
SHARES
मिटरब्याजी पीडितले आजबाट धर्ना दिने फाइल तस्बिर

काठमाडौँ- ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितले आजबाट धर्ना दिने भएका छन्। उनीहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका हुन्।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ११औँ दिनमा काठमाडौँ पुगेका हुन्। उनीहरूको समूहमा ७२ जना पीडित छन्। आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ।

यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगतार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो।

प्रकाशित: १३ चैत २०७९ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =