सुपरमादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो

हिमाल प्रेस ११ चैत २०७९ १८:३३
8
SHARES
सुपरमादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो प्रतिनिधिमूलक तस्बिर।

पोखरा- कास्कीको मादी गाउँपालिका-१ र २ मा निर्मित सुपरमादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जडान गरिएको हो।

आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सबै क्षेत्रको काम सकिएको जानकारी दिए।

आयोजना निर्माणमा आठ अर्ब ७० करोड रुपैयाँ लागत लागेको अध्यक्ष ढुंगानाले बताए। विसं २०७५ मंसिरदेखि निर्माण थालिएको आयोजना निर्माण २०७८ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीका कारण आयोजना निर्माणको काममा ढिलाइ भएको ढुंगानाको भनाइ थियो।

सुरुमा सात अर्ब ४७ करोड रुपैयाँ लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जानकारी दिएको छ।

आयोजनाका अनुसार बाढीका कारण एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको छ। मुख्य सुरुङको लम्बाइ करिब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब आठ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको हो।

आयोजनाका लागि दुई अर्ब १० करोड रुपैयाँ सेयर पूँजी रहेको छ। बाँकी सानिमा विकास बैंकको अगुवाइमा विभिन्न बैंकहरूको लगानी रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए। रासस

प्रकाशित: ११ चैत २०७९ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =