मुलुकको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा : पूर्वअर्थमन्त्री पौडेल

प्राइभेट कम्पनीलाई संघ/संस्था मोडलमै फर्काइन्छ : खाण

हिमाल प्रेस ११ चैत २०७९ १७:५२
52
SHARES
मुलुकको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा : पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी– नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था निकै कमजोर रहेको बताएका छन्। पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सरकारको राजस्वले चालू खर्चसमेत धान्न नसक्ने अवस्था आएको भन्दै समस्या समाधान गर्न सबै एकैठाउँमा जुटनुपर्ने अवस्था सृजना भएको उनको भनाइ छ।

‘छोटो कार्यकाल अर्थमन्त्री भएर मुलुकको आर्थिक अवस्था नजिकबाट बुझन पाएँ,’उनले भने, ‘विदेशी मुद्रा सञ्चित पनि छैन। राजस्वको लक्ष्य पूरा हुने अवस्था नहुँदा देश चिन्ताजनक अवस्थामा छ।’

रूपन्देही-२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले यातायात क्षेत्रका समस्या समाधान गर्न आफू सबै व्यवसायीको साथमा रहेको बताए।

पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए। कार्यविधि स्वीकृत नहुँदा २७ सय जना क्षमताको सम्मेलन केन्द्र उद्घाटन भएको ७ महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए।

यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रालिमा गएका यातायात व्यवसायीलाई संघ/समितिमै फर्काउने बताए। यातायात व्यवसायी संघ/संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको उनले जनाए।

पुरानै मोडालिटीअनुसार नै चल्ने गरी नीति परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल यातायात व्यवसायी महासंघका पूर्वअध्यक्ष चोपनारायण श्रेष्ठ, ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यम पाण्डेलगायतले यस क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यउक्ष दिनेश फुल्लेल, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, सञ्चालक जीवन बन्जाडे, रामचन्द्र भुसाल व्यवसयाीहरु योगेन्द्रबहादुर केसी, सुरेन्द्र हमाल, दीपक कुँवरले यातायात क्षेत्रबारे धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =