प्रचण्डले भने : मलाई प्रधानमन्त्री बनाएर केपी ओलीले ऋण तिरे, अझै एउटा बाँकी छ

हिमाल प्रेस ६ चैत २०७९ १६:५९
82
SHARES
प्रचण्डले भने : मलाई प्रधानमन्त्री बनाएर केपी ओलीले ऋण तिरे, अझै एउटा बाँकी छ फाइल तस्बिर।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाएर केपी शर्मा ओलीले ऋण तिरेको बताएका छन्। संसद्‌‌मा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुँदा उठेका प्रश्नका जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन्।

छलफलमा भाग लिँदै एमालेका विष्णु पौडेलले एमालेसहितको गठबन्धन किन टुटाएको भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए। त्यसअघि प्रचण्डले केपी ओलीले संसद्‌ विघटनलाई सही सावित गर्न हरसम्भव प्रयास गरिरहेको प्रति आपत्ति जनाएका थिए।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो एमालेकहाँ नगएको पनि दाबी गरे। उनले एमालेले नै आफूलाई प्रधानमन्त्री बन्न भन्दै आग्रह गरेको बताए। एमालेले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा एमालेले गरेको टिप्पणी भने अहिले नभन्ने उनको भनाइ छ।

‘म खोज्दै गएको होइन, तपाइँहरु खोज्दै आउनुभएको हो। दाहालले संसद्मा सम्बोधन गर्दै भने, त्यसबेला कांग्रेसलाई के भन्नुभयो? अहिले सबै कुरा नभनौँ। बरु मैले तपाइँलाई दुईपल्ट प्रधानमन्त्री बनाएको थिएँ, एउटा तिर्नुभयो एउटा अझै बाँकी छ।’

प्रकाशित: ६ चैत २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =