प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताले गरे मतदान

हिमाल प्रेस ३ चैत २०७९ १२:५९
2
SHARE
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताले गरे मतदान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। उनीसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरिसकेका छन्।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ। उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ संघीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन्।

प्रकाशित: ३ चैत २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =