‘नीरफूल’ जेठ १९ मा आउँदै

हिमाल प्रेस ३० फागुन २०७९ १३:०५
2
SHARE
‘नीरफूल’ जेठ १९ मा आउँदै

काठमाडौँ- रेखा थापा र दयाहाङ राई अभिनीत फिल्म ‘नीरफूल’ आगामी जेठ १९ मा आउने भएको छ। कोरोना कारण स्थगित फिल्म आगामी जेठ १९ मा हलमा लाउने निर्माण टिमले बताएको हो। फुलमान बल निर्देशित फिल्म ७ चैत २०७६ मा प्रदर्शन हुने भनिए पनि  कोरोना महामारीले रोकिएको थियो।

‘कोरोनाका कारण भत्किएका भवनको पुनःनिर्माण कार्य भएजस्तै फिल्मको विषयवस्तु मानिसका भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाण गर्दा ढिला भयो,’ निर्माण टिमले भनेको छ।

फिल्ममा  दयाहाङ र  रेखा थापाका साथै शान्ति वाइबा, बुद्धि तामाङ पनि देखिने छन्। फिल्ममा  पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी सहायक भूमिकामा देखिनेछन्।

फिल्मलाई रुबी भ्याली र काठमाडौँ आसपासका क्षेत्रमा छायांकन गरिएको हो। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

प्रकाशित: ३० फागुन २०७९ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =