सरकारका सचिव र सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न  निर्देशन

हिमाल प्रेस ३० फागुन २०७९ ८:३४
2
SHARE
सरकारका सचिव र सहसचिवलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न  निर्देशन

काठमाडौँ- राष्ट्रिय किताबखानाले सरकारका सचिव र सहसचिवलाई आगामी ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।

निजामती सेवा नियमावली, २०५० को नियम १० तथा नियम १० क। ले सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था गरेको किताबखानाले स्पष्ट पारेको छ।

उक्त कानूनी प्रावधान बमोजिम राष्ट्रिय किताबखाना (निजामती)ले कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्दै आइरहेको जनाएको छ।

‘यस विभागमा कर्मचारीको उक्त विवरणहरु प्राप्त नभएको कारणले कर्मचारीहरुको वैयक्तिक विवरण पूर्ण रूपमा अद्यावधिक गर्न कठिनाई भएको हुँदा राजपत्रांकित प्रथम श्रेणी वा सो सरह तथा सो भन्दा माथिल्लो श्रेणी (संघीय सेवा, प्रदेश सेवा) मा कार्यरत सबै सेवा, समूह, श्रेणीका कर्मचारीहरुको हालको पदमा भएको नियुक्ति सरुवा, बढुवा, हालको कार्यालय, शैक्षिक योग्यता र तालिम जस्ता विवरणहरु ७ दिन भित्र अद्यावधिक गर्नु गराउनुहुन सम्बन्धित सबै जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।

प्रकाशित: ३० फागुन २०७९ ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =