राष्ट्रपति पौडेलले प्रचण्ड, देउवा र नेपाललाई निवासमै पुगेर दिए धन्यवाद

हिमाल प्रेस २५ फागुन २०७९ २२:०७
4
SHARES
राष्ट्रपति पौडेलले प्रचण्ड, देउवा र नेपाललाई निवासमै पुगेर दिए धन्यवाद नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : रासस

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख दलका शीर्ष नेताको निवासै पुगेर धन्यवाद दिएका छन्।

उनले आफूलाई राष्ट्रपतिमा निर्वाचित गराउन प्रमुख भूमिका खेलेको भन्दै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमै पुगेर धन्यवाद दिएका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरी धन्यवाद दिएका हुन्। भेटका क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई धन्यवाद व्यक्त गरेका थिए। यस्तै प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसैगरी राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन्। राष्ट्रपति पौडेलले देउवा निवास धुम्बाराही र नेपाल निवास कोटेश्वर पुगेर भेट गरेका हुन्।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए।

प्रकाशित: २५ फागुन २०७९ २२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =