राष्ट्रपति निर्वाचनमा राप्रपाले कसैलाई पनि मत नदिने

हिमाल प्रेस २४ फागुन २०७९ १८:०४
34
SHARES
राष्ट्रपति निर्वाचनमा राप्रपाले कसैलाई पनि मत नदिने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कसैलाई पनि मत दिने र तटस्थ बस्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कसैलाई मत नदिने र तटस्थ बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले हिमालप्रेसलाई जानकारी दिए।

‘आजको बैठक राष्ट्रपति निर्वाचन केन्द्रित थियो,’ उनले भने, ‘बैठकले कसैलाई पनि मतदान नगर्ने, तटस्थ बस्ने निर्णय गरेको छ।’ राष्ट्रपति निर्वाचन बिहीबार हुँदैछ। निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्बाङ चुनावी मैदानमा छन्।

पौडेल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको साझा उम्मेदवार हुन्। एमालेले भने सुवास नेम्बाङलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २४ फागुन २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =