सामाजिक सञ्जालमार्फत बढ्दै हिंसा

हिमाल प्रेस २४ फागुन २०७९ १४:३३
10
SHARES
सामाजिक सञ्जालमार्फत बढ्दै हिंसा

काठमाडाैँ-  पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको संख्या बढ्दै गएको देखिएको छ। गैरसरकारी संस्था महासंघ नेपालले मंगलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा बढेको बताएकी छन्।

उनका अनुसार फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२‍.३ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ। त्यस्तै, फेसबुकबाट ६१.२ प्रतिशत हिंसा हुने गरेको छ। सामाजिक सञ्जाल ट्विटरबाट १५.३ प्रतिशत र ह्वाट्सएपमा १२.८ प्रतिशत र भाइबरमा ११.७ प्रतिशत हिंसा हुने गरेको छ। त्यसै गरी इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत ४.६ प्रतिशत हिंसा हुने गरेको छ। एकै व्यक्तिले फरकफरक सामाजिक सञ्जाल प्रयोग गरेर हिंसा गर्ने गरेको बताइएको छ।

सञ्चारकर्मी बस्नेतले नेपाल पुलिसको साइबर ब्यूरोमा परेको उजुरीलाई आधारमा सो कुरा भनेको बताएकी छन्। उहाँका अनुसार आर्थिक वर्ष २०७७-७८ मा  ३ हजार ४ सय ५१ उजुरी परेका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा सामाजिक सञ्जालमार्फत हिंसा हुने गरेको अध्ययनले देखाएको छ। विसं २०७८ साउनदेखि कात्तिकसम्मको तथ्याङ्क हेर्ने हो भने नेपाल पुलिसको साइबर ब्यूरोमा १ सय ३९ उजुरी परेको छ। त्यसै गरी लुम्बिनीमा १ सय ३५, गण्डकीमा १ सय १३, कोशी प्रदेशमा ७३, मधेस प्रदेशमा ५२, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिमा सबैभन्दा कम २७ उजुरी परेको छ।

सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको ज्ञान नहुँदा डिजिटल ठगीमा पर्नु अर्को चुनौती रहेको छ। ।

प्रकाशित: २४ फागुन २०७९ १४:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =