प्रदेश १ : ‘किरात-लिम्बुवान-सगरमाथा’ नाम दर्ता गर्दै साना दल

हिमाल प्रेस १७ फागुन २०७९ १३:०५
16
SHARES
प्रदेश १ : ‘किरात-लिम्बुवान-सगरमाथा’ नाम दर्ता गर्दै साना दल

काठमाडौँ- प्रदेश १ को नामाकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले ‘किरात-लिम्बुवान-सगरमाथा’ प्रस्ताव दर्ता गरेका छन्। भर्खरै मात्र उनीहरू संसद् सचिवालयमा नाम दर्ता गराएका हुन्।

यता ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले ‘कोसी प्रदेश’ को नाम दर्ता गराइसकेका छन्। तर कोसी प्रदेश नै पारित हुने सम्भावना छ।

प्रदेश १ मा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्। यो नामको प्रस्तावकमा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र समर्थकमा जसपाकी निर्मला साँवा लिम्बू रहेका छन्।

अब नाम दर्ता गर्ने केही समय मात्र छ।  प्रदेश १ को नामाकरण आजै टुंग्याउने तयारी छ।

प्रकाशित: १७ फागुन २०७९ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =