न्याय सम्पादनपूर्व विस्तृत बहस हुनुपर्छ : महान्यायाधिवक्ता

हिमाल प्रेस १७ फागुन २०७९ ११:२८
4
SHARES
न्याय सम्पादनपूर्व विस्तृत बहस हुनुपर्छ : महान्यायाधिवक्ता

काठमाडौँ- महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यकता रहेको बताए।

मंगलबार कानुन व्यवसायी क्लब काठमाडौँ तथा शंकरलाल केडिया फाउन्डेसनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतबाट हुने न्यायलाई कानुन विद्यालयमा अध्ययन गराउनयोग्य किसिमबाट न्याय सम्पादन गर्न जरुरी रहेको बताएका हुन्।

उनले विद्यालयहरूमा प्रध्यापकहरूले अध्ययन गराउँदा गरेका प्रतिक्रियाहरूबाट न्यायाधीशहरूले आफूले गरेको निर्णयको पुनरवलोकन गर्ने गरेको उल्लेख गर्दै त्यसै किसिमबाट नेपालमा पनि न्याय सम्पादन हुन जरुरी रहेको बताए।

प्रकाशित: १७ फागुन २०७९ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =