मन्त्री हुँदा लिङ्देनको अनुभव : नागरिक समाज धेरै नकारात्मक रहेछ

हिमाल प्रेस १५ फागुन २०७९ १२:२०
20
SHARES
मन्त्री हुँदा लिङ्देनको अनुभव : नागरिक समाज धेरै नकारात्मक रहेछ

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेको बताएका छन्।  आफू सरकारमा छँदाका बुझाइहरू आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा  सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

उनले कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको पनि बताएका छन्। ‘देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ,’ उनले लेखेका छन्, ‘नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ।’

राष्ट्रपति निर्वाचनलाई लिएर नयाँ समीकरण बनेपछि राप्रपा फागुन १३ गते सरकारबाट बाहिरिएको थियो। राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

राप्रपाबाट उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंह थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =