गोरखाको चुमनुब्री गाउँपालिकाको भवन बनाउन जग्गा उपलब्ध गराउने सरकारको निर्णय

हिमाल प्रेस ५ फागुन २०७९ १९:२०
210
SHARES
गोरखाको चुमनुब्री गाउँपालिकाको भवन बनाउन जग्गा उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौँ- तिब्बतसँग सीमा जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाको भवन बनाउन सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद्को बैठक गाउँपालिकाको भवन बनाउन चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासको जग्गा उपलब्ध गराउने निर्णय गरेको हो।

तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा कार्यालय, साविक सिर्दिवास ८ मा रहेको चार रोपनी ६ आना २ पैसा २ दाम क्षेत्रफल जग्गा चुमनुब्रीको प्रशासकीय भवन बनाउन दिने निर्णय भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

अहिले गाउँपालिकाको कामकारबाही सिर्दीबासमै रहेको भाडाको घरबाट भइरहेको छ। गाउँपालिका अध्यक्ष नीमा लामाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गरेका थिए।

‘जग्गा प्राप्तिका लागि हामीले सबै क्षेत्रसँग समन्वय गरेका थियौँ। बल्ल अहिले निर्णय भयो,’ अध्यक्ष लामाले बने, ‘अब स्थानीय विकास पूर्वाधार केन्द्रबाट ६० प्रतिशत र  गाउँपालिकाको ४० प्रतिशत रकम खर्च गरेर भवन बन्छ। भवन चुमनुब्री गाउँपालिकाको मौलिकता झल्कने खालको बन्छ।’

प्रकाशित: ५ फागुन २०७९ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =