विदेशीका अगाडि नेपालका दलका नेता लम्पसार परे : चित्रबहादुर केसी

हिमाल प्रेस ३ फागुन २०७९ १४:०२
8
SHARES
विदेशीका अगाडि नेपालका दलका नेता लम्पसार परे : चित्रबहादुर केसी फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरू भारतीय विदेश सचिवको अगाडि लम्पसार परेको आरोप लगाएका छन्। आज बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता बिर्सेर उनीहरू साधारण कर्मचारीको अगाडि लम्पसार परेको आरोप लगाएका हुन्।

‘नेपालको राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न तहमा भेटघाट भयो। राष्ट्र सानो ठूलो हुन सक्छ। नेपालको तुलनामा भारत सबै विषयमा ठूलो छ। तर, सार्वभौमसत्ता र भौगोलिक अखण्डले राष्ट्र सानो ठूलो हुँदैन,’ उनले भने, ‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन्। निराश भएर फर्किनु पर्छ। छिमेकका प्रमुखहरू आउँदा विदेशीको अगाडि किन लम्पसार परेको। राष्ट्रिय स्वभिमानको बारेमा अलिकति पनि लाज लाग्दैन?’

हालै भारतीय विदेश सचिव नेपालका राजनीतिक दलका प्रमुखलगायतलाई भेटेर फर्किएका छन्। केसीले यसै विषयलाई इंगित गर्दै गम्भीर आरोपहरू लगाए।

राष्ट्रपतिको निर्वाचनमा चलखेल सुरु भएको भन्दै उनले आपत्ति जनाए। ‘राष्ट्रपति बनाउन शक्ति राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपमा हुने गर्थ्यो। अहिले प्रत्यक्ष रुपमा अनुकूल रुपमा बनाउन खेल खेलिरहेका छन्,’ उनले प्रश्न गर्दै भने, ‘हामीलाई लाज लाग्दैन विदेशी शक्ति राष्ट्रहरूको प्रमुख लम्पसार परेर दुनो सोझ्याउने काम गर्दा?’

प्रकाशित: ३ फागुन २०७९ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =