समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गरौँ : अध्यक्ष केसी

हिमाल प्रेस १५ कार्तिक २०८० १५:५६
4
SHARES
समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि विचार गरौँ : अध्यक्ष केसी

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीको ‍औचित्यमाथि विचार पुर्‍याउनुपर्ने अवस्था आएको बताएका छन्। आज बुधबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै केसीले धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका हुन्।

केसीले निर्वाचन प्रणाली खर्चिलो भएको पनि बताए। वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने उनको भनाइ छ। समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरूका लागि राखिएको भएपनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेको उनको भनाइ छ। शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेको भन्दै यसको औचित्यमाथि प्रश्न उठाए।

उनले निर्वाचन शिक्षा पनि अझ राम्रोसँग दिनुपर्ने बताए। विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: १५ कार्तिक २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =