नागरिक बचाउ अभियानमा दुर्गा प्रसाईंले साक्षी राखे पूर्वराजा

हिमाल प्रेस १ फागुन २०७९ १८:३१
8
SHARES
नागरिक बचाउ अभियानमा दुर्गा प्रसाईंले साक्षी राखे पूर्वराजा

इटहरी- झापाको बीएण्डसी हस्पिटलका सञ्चालक तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले धर्म, संस्कृति र नागरिक बचाउ अभियानु सुरु गरेका छन्। प्रसाईंले सुरु गरेको अभियान सोमबार झापाको काकडभिट्टाको मेचीपुलबाट सुरु भएको हो। उनले अभियानलाई महाकालीसम्म पुर्‍याउने बताएका छन्।

अभियानको सुरुवात पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका छन्। प्रसाईंले पूर्वराजा शाह, युवराज पारस शाह र उनको परिवारका सदस्यहरूलाई एकै मञ्चमा राखेर अभियान सुरु गरेका हुन्।

मेची पुलमा पूर्वराजा शाहले दीप प्रज्वलन गरेर सोमबार महाअभियानको उद्घाटन गरेका छन्। प्रसाईँका अनुसार अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यवसायिक वातावरणको माग गरेका छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ कार्यक्रमका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहित, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेका थिए।

कार्यक्रममा दलका शीर्ष नेताहरूको उपस्थिति नदेखिएपनि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वअधिराजकुमारी पे्ररणा शाहसहितका राजपरिवारका सदस्यहरूको सहभागिता रहेको हो।

कुनैबेला प्रचण्ड र ओलीलाई घरमै बोलाएर खाना खुवाएपछि चर्चामा आएका उनी पछिल्लो पटक दुबईका राजकुमारले सुनौलो लौरो उपहार दिएपछि चर्चामा आएका थिए।

प्रकाशित: १ फागुन २०७९ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =