टर्की भूकप्प पीडितलाई नेपालले पठायो २२ टन राहत सामग्री

हिमाल प्रेस १ फागुन २०७९ १४:४८
4
SHARES
टर्की भूकप्प पीडितलाई नेपालले पठायो २२ टन राहत सामग्री भूकम्प प्रभावित सिरियाको एलेप्पो सहरको दृश्य

काठमाडौँ- नेपाल सरकारले टर्की भूकम्प पीडितका लागि २२ टन राहत सामग्री पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार दिउँसो राहत सामग्री टर्की पठाइएको हो। औषधि,मेडिकल उपकरण,न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीपठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

माघ २३ गते सोमबार टर्कीमा गएको विनाशकारी भूकम्पपछि टर्कीको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले राहत सामग्री पठाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार टर्कीमा राहत सामग्री पठाइएको हो।

टर्कीमा भूकम्पबाट हजारौँ मानिसको मृत्यु भएको र कयौं अझै बेपता रहेको बताइएको छ।

प्रकाशित: १ फागुन २०७९ १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =