बालकुमारी घटनामा मारिएका दुई युवकका परिवारलाई १०/१० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

हिमाल प्रेस १४ पुष २०८० १५:३७
14
SHARES
बालकुमारी घटनामा मारिएका दुई युवकका परिवारलाई १०/१० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ- ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुईजना युवकको परिवारलाई मन्त्रिपरिषद् बैठकले १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मृतकका परिवारले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराइने पनि जानकारी दिए।

पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुईजनाको मृत्यु भएको थियो।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथ यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनीसमेत गरेका थिए। आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।

याे पनि

ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा

 

प्रकाशित: १४ पुष २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =