टर्कीमा नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

हिमाल प्रेस २५ माघ २०७९ १६:०१
6
SHARES
टर्कीमा नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौँ- नेपाल सरकारले टर्की भूकम्पपछि विस्थापित भएकाहरूलाई राहत सामग्रीसहित मेडिकल टिम पठाउने भएको छ।

आज बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा टर्कीमा राहत र पुनर्स्थापनाका लागि मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो।

बैठकको सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की भूकम्प प्रभावितलाई नेपाल सरकारले गर्न सक्ने सहयोगबारे छलफल गरेका थिए।

उनले टर्कीले नेपाललाई समस्या पर्दा सहयोग गरिरहेको भन्दै अहिले नेपालले पनि टर्कीलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले बैठकमा भने, ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्कीले सहयोग गरेकै थियो। आज टर्की समस्यामा छ हामीले सहयोग गर्नुपर्छ। टर्की हाम्रो असल मित्रराष्ट्र पनि हो। हामीले छिटै सहयोग पठाउनुपर्छ।’

बैठकमा मेडिकल टोली, मेडिकल सामग्री, टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय भएको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत सहभागी थिए।

प्रकाशित: २५ माघ २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =