कलाकार खोज्दै ‘चलचित्र’

हिमाल प्रेस १ फागुन २०७९ १३:३५
8
SHARES
कलाकार खोज्दै ‘चलचित्र’

काठमाडौँ- सफल केसी र प्रतीक गुरुङको निर्देशन रहने फिल्म ‘चलचित्र’का लागि कलाकारको खोजी भइरहेको छ।

फिल्मकर्मीको संघर्षको कथामा आधारित फिल्मका लागि १८ देखि ५० वर्षसम्मका महिला र पुरुष कलाकारको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।

फिल्ममा काम गर्न चाहनेले तीन मिनेटको सानो भिडियो र फोटो फागुन १२ सम्म आवेदन पठाउनुपर्ने निर्माण टोलीले बताएको छ।

केही दिनअघि फिल्ममा अभिनेता विपिन कार्की र अर्पण थापा अनुबन्धित भएको थिए। यी दुई कलाकार फिल्ममा मुख्य भूमिकामा रहनेछन्।

 

प्रकाशित: १ फागुन २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =