सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा सुरु

हिमाल प्रेस २७ माघ २०७९ १०:०६
10
SHARES
सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा सुरु

काठमाडौँ- सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतको उपस्थिति छ। आजको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने जनाइएको छ। रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पटक उच्चस्तरीय संयन्त्रको बैठक बसेको हो।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ।
यता एमाले अध्यक्ष ओलीले भने एमाले नेता गुरु बरालको नाम प्रस्ताव गरेका छन्। प्रचण्डसँगको हिजोको भेटमा सोही नाम प्रस्ताव गरेका हुन्। तर यसबारे प्रचण्डले कुनै जवाफ दिएका छैनन्।

 

प्रकाशित: २७ माघ २०७९ १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =