बालुवाटारको चार दलको बैठकमा साना तीन दल पनि थपिए

हिमाल प्रेस १२ फागुन २०७९ १९:०६
8
SHARES
बालुवाटारको चार दलको बैठकमा साना तीन दल पनि थपिए

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीचको बैठकमा अन्य तीन दल पनि थपिएका छन्। राष्ट्रपतिको निर्वाचनबारे अन्तिम निर्णय गर्न बसेको चार दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, जनमत पार्टीका अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ पनि थपिएका हुन्।

बालुवाटारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही शीर्ष नेता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित‍ केही नेता, जसपाका उपेन्द्र यादवसहितका केही नेताबीच शक्ति बाँडफाँटको विषयमा छलफल भइरहँदा अन्य दलका नेता पनि पुगेका हुन्।

राष्ट्रपतिमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सहयोग गर्न सबैलाई प्रस्ताव गरिरहेको छ। त्यस्तै माओवादी, नेकपा एस र जसपाले माधवकुमार नेपालको नाम प्रस्ताव गरेका छन्। कांग्रेसले नेपाललाई एक वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव अघि सारेको छ।

कांग्रेससहितका दलले एमालेसँगको गठबन्धन भत्काएर सरकारमा नयाँ समीकरण तयार पार्ने रणनीति अपनाइरहेका छन्।

प्रकाशित: १२ फागुन २०७९ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =