ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगर प्रहरी

हिमाल प्रेस १७ असार २०८० १५:१५
18
SHARES
ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगर प्रहरी

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा तारबार गर्न काठमाडौँ महानगर प्रहरीको टोली पुगेको छ। सरकारी जग्गा संरक्षणको लागि तारबार गर्न प्रहरीलाई मंगलबार दिउँसो बालुवाटार पठाइएको महानगरले जनाएको छ।

बालुवाटारस्थित एनआरएनएको कार्यालयनजिकैको खाली जग्गामा तारबार लगाएर संरक्षणको काम सुरु गर्ने महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए। महानगर प्रहरीले त्यहाँ भइरहेको निर्माणको काम पनि रोक्ने जनाएको छ।

ललिता निवासको सरकारी जग्गा निजीकरण गरेको आरोपमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। केही व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरू भने पक्राउ परिसकेका छैनन्।

ललिता निवास प्रकरणमा दोषी ठहर भएका उच्च तहका नेता, सरकारी कर्मचारी, व्यापारीलगायत गरी १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा दायर भएको मुद्दा विचाराधिन छ। ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना भएको छ।

प्रकाशित: १७ असार २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =