माओवादीले बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस २० वैशाख २०८० १९:१८
8
SHARES
माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक बिहीबार दिउँसो पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछन्।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार र बजेट तथा नीति तथा कार्यक्रमबारे नेताहरूको राय माग्न बैठक बोलाएको बताइएको छ। तर प्रचण्डको सचिवालयले नेताहरूलाई छलफलका एजेन्डाबारे केही जानकारी नदिएको बताइएको छ।

यसअघि पार्टी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा गर्दै आएको माओवादीले बिहीबार भनेर बालुवाटारमा बोलाएको हो।

प्रकाशित: २० वैशाख २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =