फागुन १ मा बागमती प्रदेशमा सार्वजनिक बिदा

हिमाल प्रेस २७ माघ २०७९ ७:४८
6
SHARES
फागुन १ मा बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ- बागमती प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने जनाएको छ।

यस्तै कर्णाली प्रदेश सरकारले पनि प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ। त्यसका लागि कर्णाली सरकारले बिदाको घोषणा गरेको छ।

२०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो।

सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ।

प्रकाशित: २७ माघ २०७९ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =