दुई सिट भएको हानेपाले छाड्यो बागमती सरकार, अब मुख्यमन्त्रीमा दाबी गर्ने

हिमाल प्रेस १३ चैत २०८० २१:५९
10
SHARES
दुई सिट भएको हानेपाले छाड्यो बागमती सरकार, अब मुख्यमन्त्रीमा दाबी गर्ने

काठमाडौँ- हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

९ चैतमा समर्थन फिर्ताको पत्र तयार गरेर संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले मंगलबार बिहानमात्रै प्रदेश प्रमुख कार्यालयमा इमेलमार्फत पत्र पठाएका छन्।

सत्ता समीकरणमा फेरबदल आएसँगै सरकार गठनमा निर्णायक बनेको हाम्रो नेपाली पार्टीले समर्थन फिर्ता लिएको हो।

माओवादी नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा २५ पुस २०७९ मा सरकार गठन हुँदा हाम्रो नेपाली पार्टीले समर्थन गरेको थियो।

तत्कालीन एमाले र राप्रपाबीचको गठबन्धन भत्किएर नयाँ समीकरणमा कांग्रेससहितको सरकार बन्दा पनि हाम्रो नेपाली पार्टीले जम्कट्टेल दोस्रो पटक विश्वासको मत दिएको थियो।

सरकारलाई गत २३ फागुनमा नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिनुपर्ने अवस्थामा थिए ।

मुख्यमन्त्री जम्कट्टेल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाएर बहुमत जुटाउने कसरतमा छन् ।

११० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत सिद्ध गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३ (सभामुखसहित), एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली (हानेपा)पार्टीका २ प्रदेशसभा सदस्य छन् ।

प्रकाशित: १३ चैत २०८० २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =