आलोपालोको सहमतिपछि नेकपा एसले दिने भयो बागमती सरकारलाई विश्वासको मत

हिमाल प्रेस १९ चैत २०८० १३:२५
36
SHARES
आलोपालोको सहमतिपछि नेकपा एसले दिने भयो बागमती सरकारलाई विश्वासको मत मुख्यमन्त्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीचको छलफलपछि नेकपा एस बागमती सरकारलाई विश्वासको मत दिन तयार भएको हो।

आलोपालो मुख्यमन्त्री हुने सहमति भएपछि नेकपा एसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय भएको संसदीय दलका नेता कृष्णप्रसाद खनालले जानकारी दिए।

‘शीर्ष नेताहरूबीच मुख्यमन्त्री आलोपालो हुने सहमति भएको छ। त्यही अनुसार हामी विश्वासको मत दिने भयौँ,’ उनले भने।

प्रकाशित: १९ चैत २०८० १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =