विदेश अध्ययनको प्रक्रिया थाल्नुअघि अनिवार्य अनुमतिपत्र लिनू : चिकित्सा शिक्षा आयोग

हिमाल प्रेस २६ माघ २०७९ १३:१४
6
SHARES
विदेश अध्ययनको प्रक्रिया थाल्नुअघि अनिवार्य अनुमतिपत्र लिनू : चिकित्सा शिक्षा आयोग

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले विदेश अध्ययनको प्रक्रिया सुरु गर्नुअघि अनुमतिपत्र लिन चिकित्सा शिक्षा अध्ययन गर्न चाहने  विद्यार्थीहरूलाई सूचित गरेको छ।

आयोगको अनुमतिपत्र लिएपछि मात्र स्टेटमेन्ट अफ निड, नो अब्जेक्सन लेटर, गुड स्ट्यान्डिङ सटिर्फिकेट जस्ता सिफारिस पत्र लिन सूचित गरिएको हो।

आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ अनुसार नेपालबाट अन्य मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने व्यक्तिले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने जनाएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ अनुसार विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र दिने अधिकार आयोगलाई मात्र भएकाले अनुमतिपत्र लिएर मात्र प्रक्रिया अघि बढाउनुपर्ने जारी सूचनामा उल्लेख छ।

प्रकाशित: २६ माघ २०७९ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =