 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ– नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चर्को आलोचना गरेकी छन्। बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।
संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा देखाएको,’ उनको भनाइ छ। राप्रपाको सो कदमप्रति आपत्ति जनाउँदै उनले जनता निराश बनाउने गरी संविधान र व्यवस्थाविरुद्ध नबोल्न राप्रपालाई चेतावनी दिइन्।
ठूला दलहरूले जनताको अवस्थामा परिवर्तन हुने गरी काम गरेर देखाउने बेला आएको बताउँदै उनले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने उल्लेख गरिन्।
‘अब जिम्मेवारपूर्ण ढंगले अघि बढने हो कि भन्ने लाग्छ। हाम्रा दलहरूका दलीय व्यवस्था, हाम्रो संस्कार, हाम्रो संस्कृति जे बनिरहेका छन् यसले संसदमा जात्रा देखिएको छ,’ उनले भनिन्।
देशको राजनीतिक व्यवस्था परिवर्तन भइसकेकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्न सबै राजनीतिक दलहरूले योजना बनाउनुपर्ने उनले बताइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 