काठमाडौँ- रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक (ईसीडी शिक्षक) तथा विद्यालय कर्मचारीहरूको सेवासुविधा वृद्धि गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षदेखि बाल विकास शिक्षकहरूले मासिक रु. २१ हजार, विद्यालय सहयोगी कर्मचारीहरूले रु. १९ हजार तथा विद्यालय सहायक कर्मचारीहरूले रु. २६ हजार मासिक पारिश्रमिक प्राप्त गर्नेछन्।
यस्तै, संघीय तथा प्रदेश सरकारको अनुदानमा कार्यरत गणित, विज्ञान तथा अंग्रेजी विषयका शिक्षकहरूलाई महँगी भत्ता उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउने र सामुदायिक विद्यालयमा दक्ष जनशक्ति टिकाइराख्ने उद्देश्यले सेवासुविधा वृद्धि गरिएको जनाएको छ।
यो निर्णय आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ।




