गगन थापा भन्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने हो?

हिमाल प्रेस २५ माघ २०७९ १४:४७
12
SHARES
गगन थापा भन्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न सोध्नै नहुने हो?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानुको कारणबारे प्रश्न गरेका छन्। यस्तै उनले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नगरेकोमा असन्तुष्टि जनाए। महामन्त्री थापाले राजधानीमा बुधबार आयोजित विचार गोष्ठीमा भने, ‘पुराना नेताहरूलाई नो नट अगेन भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा किन गएको? सरकारमा किन गएको भनेर उसले स्पष्ट पार्नु नपर्ने! सरकारको गएको दल फेरि किन बाहिर गएको?’

सरकारबाट बाहिरिँदै प्रधानमन्त्रीको आलोचना गर्नुपर्नेमा रास्वपाका सभापति रवि लामिछानेले मिडियाविरुद्ध अभिव्यक्ति दिएको थापाको भनाइ छ। उनले भने, ‘सबैभन्दा बढी रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन? अनि अहिले सरकार छोडदै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने होइन? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्नै नहुने हो?’

 

प्रकाशित: २५ माघ २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fifteen =