राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

हिमाल प्रेस २४ माघ २०७९ १२:०१
8
SHARES
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति कार्यालयमा आज (मंगलबार) आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो। यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतालगायतको पनि सहभागिता थियो।

उपाध्यक्ष अर्याल सोमबार मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। उनले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ।

यो पनि पढ्नुहोस्

उर्मिला अर्याल : स्ववियु उपसभापतिदेखि राष्ट्रियसभाको उपाध्यक्षसम्म

प्रकाशित: २४ माघ २०७९ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =