मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

हिमाल प्रेस ३० फागुन २०८० १८:३१
6
SHARES
मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो।

प्रकाशित: ३० फागुन २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =